जनकल्याणका विद्यार्थीलाई पोशाक र शैक्षिक समाग्री सहयोग

तनहुँ | असार ३, २०८१

जनकल्याणका विद्यार्थीलाई पोशाक र शैक्षिक समाग्री सहयोग

तनहुँ:   चण्डी देउराली क्लब शुक्लागण्डकी नगरपालिका वडा १ चण्डीमैदानले शुक्लागण्डकी नगरपालिका १ सिम्लेस्थित जनकल्याण प्राथमिक विद्यालयका  विद्यार्थीलाई पोशाक तथा शैक्षिक समाग्री सहयोग गरेको छ ।
  

क्लबले सामाजिक उत्तरदायीत्व अन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक स्तर अभिवृद्धि गराउने उद्देश्यले करिब २५ हजार रुपैयाँ बराबरको विद्यालय पोशाक तथा शैक्षिक समाग्री सहयोग गरेको हो ।

 

क्लबका अध्यक्ष सुमबहादुर रानाले विद्यालयका छात्रछात्रालाई विद्यालय पोशाक तथा शैक्षिक समाग्री हस्तान्तरण गरे ।

 

सो अवसरमा बोल्दै अध्यक्ष रानाले सन्देश दिने उद्देश्यसहित सहयोग गरेको बताएका थिए । 

 

यस्तै विद्यालयका शिक्षिका शारदा पौडेल(खनाल) ले सहयोगका लागि धन्यवाद व्यक्त गरेकी थिइन् ।

 

कार्यक्रममा क्लबका सदस्यहरू विशाल आले, विष्णु आले, पवन आले, मनिष राना, अर्जुन राना, सिम्ले टोल विकास संस्थाका अध्यक्ष पदमराज वाग्ले, स्थानीय समाजसेवीका साथै विद्यालयका शिक्षिका बुद्धिमाया राना लगायतको उपस्थिति थियो ।

 

चण्डी देउराली क्लब विभिन्न खेलकुदसँगै सामाजिक गतिविधिमा क्रियाशिल रहदै आएको छ ।
 

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।   आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ।   दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

थप पढ्नुहोस्

मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। दुबईमा मङ्गलबार बिहान विस्फोट सुन्न सकिएका थिए, जब देशका सैनिकहरूले इरानबाट आउने मिसाइल र ड्रोनलाई निशान...

थप पढ्नुहोस्